काठमाडौं, १५ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने, ‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन् ।’
नेता भण्डारीले ५ नम्बर प्रदेशमा कुनै विवाद नै नभएको ठाउँमा विवाद र द्धन्द्ध उत्पन्न गराउने गरि प्रस्ताव आएको भन्दै त्यसको विरुद्धमा जनताहरु स्वतस्र्फुत सडकमा उत्रिएकोले यो प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने जिकिर गरे । उनले अघि थपे, ‘अरु विवाद रहेको प्रदेशको समाधान चाहीँ आयोगलाई जिम्मा दिने भन्ने कुरा आएको छ, यसभित्र गन्ध छ ।’
उनले विभिन्न संघर्षबाट प्राप्त भएका उपलब्धिहरु संस्थागत गर्न नसकेको र अहिलेको व्यवस्था चलाउन नजानेको भन्दै अब हरेक कुराहरुको छिनोफानो जनमतसंग्रह गर्नुपर्ने माग गरे ।












प्रतिक्रिया