४ मंसिर २०८३, शुक्रबार

प्रदीप ज्ञवाली भन्छन्- एमालेले संविधान संशोधन प्रस्ताव असफल बनाउँछ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Gyawali-555x335काठमाडौँ, १५ मङ्सिर । नेकपा (एमाले) ले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाउनुभयो ।

पार्टीको प्रचार विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको तर्क गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरु काम गर्ने छैन ।’’