
– गणेश जोशी
युएइ । प्रधानमन्त्री पूष्पकमल दाहालको अध्यक्षतामा मंगलबार राति अचानक बसेको मन्त्रिपरिषदको बैठकले ससंदमा दर्ता भएको संविधान संशोधनको बुँदाले बिदेशिएका हजारौं यूवा चिन्तिात बनेका छन् ।
दिनभरि युएइका शहरहरूमा काम गरी साझ आरामको लागि कोठा पुग्ने समयमा मुलुकको खबर सुनेर सबैले सामाजिक सञ्जालमा दुःख ब्यक्त गरेका छन् ।
वर्तमान सरकारले देशलार्इ जातको आधारमा खण्ड–खण्ड गरी पुनः द्वन्दमा रूपान्तरण गर्ने निर्णय गरेको युवाहरूको चिन्ता छ । चैतमा स्थानीय तहको निर्वाचनको आशामा आफनो मत अधिकार राख्न स्वदेश जाने सपना चकना चुर परेको गुनासो आउन थालेका छन् ।
‘देशको राष्ट्रियता बचाइ दिन प्रवासको तर्फबाट म एमाले लार्इ आग्रह गर्न चाहन्छु’, सामाजिक सञ्जालमा लेखिएको देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा दुःख ब्यक्त गर्दै प्रवासी नेपाली मञ्च युएइका माहासचिब भेषराज ढकालले फेसबुकमा स्टाटस राखेका छन् ।
हामी स्वतन्त्र नेपाली भएर बाच्ने दिन अब आऊला जस्तो छैन राष्ट्रिय जनमोर्चाले संघीयता जनहित बिपरितभन्दा जनमोर्चालार्इ पागलनको आरोप लगाएको सुदूरपश्चिम सेवा समाजका अध्यक्ष शिवराज जैशीले बताएका छन् ।
‘अब न देश रहन्छ न राष्ट्रियता अब यहाँ जातको आधारमा लडाइ सूरू भो कठै मेरो देश’, जैशीले फेशबुकमा लेखेका छन् ।
‘देश र जनताको हितबिपरित संबिधान संशोधन कसको लागि ? यसको एमालेले संसदमा कडा प्रतिपक्षीको भूमिका निर्वाह गरी दिन म एमालेसंग जोडदार माग गर्दछु’, प्रवासी नेपाली मञ्चका सदस्य मणिराज खतिवडाले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।















प्रतिक्रिया