४ मंसिर २०८३, शुक्रबार

‘विप्लव’ले छोरा प्रकाश चन्दलाई किनिदिए पचास लाखको बाइक ?

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-chanda-biplav-maoकाठमाडौं, १४ मंसिर । यति बेला नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दको चर्चा एकाएक चुलिएको छ ।

बेलाबेला चर्चामा आइरहने प्रकाश चन्दको अहिलेको चर्चा अलिक फरक छ । चितवन मेडिकल कलेजमा एमबीबीएस (चिकित्सक) अध्ययनरत प्रकाश चन्दले ५० लाखको मोटरसाइकल किनेको भनेर चर्चा भएको हो । प्रकाश चन्दले ‘हार्ले डेभिड्सन’ मोटरसाइकलमा चढेर फोटो खिचाएका छन् । यो फोटोले ‘विप्लव’लाई हैरान बनाएको छ ।

त्यो मोटरसाइकल उनको आफ्नै हो वा अरु कसैको हो केही बताइएको छैन । यद्यपि ‘विप्लव’ माओवादी प्रकाश चन्दले कुनै पनि प्रकारको महँगो मोटरसाइकल नकिनेको भनेर खण्डन गरेको छ ।

महाधिवेशनको तयारीमा जुटेको ‘विप्लव’ माओवादीलाई प्रकाश चन्दको मोटरसाइकल काण्डले आजित बनाइ दिएको छ । केही मिडियाले ५० लाखको मोटरसाइकल किनेको समाचार प्रकाशित गरेपछि विप्लवले स्वयम् सामाजिक सञ्जाल फेसबुकमार्फत समेत खण्डन गरेका छन् ।

biplop-status