३० आश्विन २०८३, शुक्रबार

कञ्चन प्रकरणः कसैको सम्मान र मर्यादामा चोट पर्ने काम नगरियोस्

59.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan1गत हप्ता कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सुमन सँग’को प्रसारणले मलाइ र मेरो परिवारलार्इ ठूलो आघात पर्यो ।

उक्त कार्यक्रममा प्रसारित मैले नै कञ्चन शर्मा (रमा) लार्इ फोहरको थुप्रोमा फालेको र त्यहाँ बाट दिक्षा चापाँगार्इले उद्दार गरेको, मेरा छोराहरू टक्शन गाडीमा हिडेको तर फोहर को थुप्रोमा लुटपुटिएकी आफ्नै आमालार्इ हात हल्लाएर बार्इ बार्इ गर्ने जस्ता कुराले, सबैलार्इ संवेदनशील बनायो । मलार्इ र मेरा छोराहरूलार्इ, अझ कानुनले सम्बन्ध विच्छेद भर्इ सके पछि सामाजिक परम्परा अनुसार विवाहभएको मेरो श्रीमती र साढे चार वर्षको नाबालक छोरालार्इ सामाजिक सञ्जालमा अपराधी जस्तो गरी व्यवहार गर्ने खोजियो ।

‘सुमन सँग’का प्रस्तोता वरिष्ठ पत्रकार सुमन खरेल जीले क्षमा याचना गर्नु भएकोमा म वहाँप्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । र, दिक्षा चाँपागार्इ जीले गर्नु भएको सेवाको कामको म प्रशंसा गर्न चाहन्छु । साथै उहाँलाइ मेरो सुझाव के छ भने सामाजिक सेवा विशुद्ध सेवामै केन्द्रित हुनु राम्रो होला ।

ती सबै कुरा झुटा हुन भन्ने प्रमाणित भए , निज कञ्चन शर्मासँग मेरा वैवाहिक सम्बन्ध विच्छेद भर्इ सकेको कुरा सामाजिक सञ्जालमा प्रमाणका रूपमा पेश गरी स्पष्ट गरिसकेको छु ।

यी सबै तथ्यलार्इ महसुस गर्दै, त्यस कार्यक्रमका प्रस्तोता वरिष्ठ पत्रकार सुमन खरेल जी ले वास्तविकता थाहा नपार्इ आफूले गलत सूचनाको आधारमा उक्त कार्यक्रम तयार र प्रसारण भएको भनेर हिजै मात्र उक्त कार्यक्रम मार्फत क्षमा याचना गर्नु भएको छ । म वहाँप्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछु ।

मैले सार्वजनिक रूपमै भनिसकेको छु, म हिजो पनि जिम्मेवार थिए र आज पनि जिम्मेवार छु, पारिवारिक र सामाजिक दायित्वबाट म कहिलै विमुख हुन चाहान्न ।

दिक्षा चाँपागार्इ जीले गर्नु भएको सेवाको कामको म प्रशंसा गर्न चाहन्छु, साथै उहाँलाइ मेरो सुझाव के छ भने सामाजिक सेवा विशुद्ध सेवामै केन्द्रित हुन राम्रो होला । सेवाले कसैको परिवारमा खलल पार्ने काम गर्नु हुदैन एक अर्कालाइ जोडने काम हुनुपर्छ, टुटाउने काम गर्नु हुदैन । साथै सो कार्यमा सामाजिक सञ्जाल र स‌चार जगतको दुरुपयोग गरिनु हुँदैन ।

म कुनै सम्भ्रान्त परिवारबाट नभइ नेपाली समाजको एक साधारण परिवारको प्रतिनिधित्व गर्दै जीवनमा आइ परेका दुखः र पीडाका आरोह अवरोह पार गरेर हालको अवस्थामा आइपुगेको व्यक्ति हुँ । आजको दिनसम्म ढाटेर, छलेर, ठगेर , झुटो र बनावटी कुरा गरेर जीवन गुजारा गर्नु परेको छैन र गरेको पनि छैन । एक स्वाभिमानी नागरिक भएर बाचेको छु । मैले अरुको सम्मान गर्न जानेको छु, सबैले सबैको सम्मान गर्दै मर्यादित व्यवहार गर्नुपर्छ भन्ने मेरो दृढ धारणा छ ।

यस घटनामा मलार्इ साथ दिने, आँट भरोसा दिने सम्पुर्ण जन साथीभाइ हाम्रो परिवेशलाइ नजिकैबाट चिन्ने र यथार्थ परक रुपमा विशलेषण गरी सहयोग गर्ने, घटनालाइ वास्तविकता सहित प्रस्तुत गर्ने पत्रकार लगायत सञ्चार जगतका साथीहरु, मलाइ व्यक्तिगत घरायसी, सामाजिक र व्यवसायीक रुपमा चिन्ने मेरा अग्रज, गुरुवर्ग, सहपाठी, मित्र र सहयोगी लगायतप्रति हार्दिक सम्मान कृतज्ञता र धन्यवाद दिन चहान्छु ।

सबैमा मेरो हार्दिक अनुरोध छः यस विषयलाई उठाएर कसैको सम्मान र मर्यादामा चोट पर्ने काम नगरियोस भन्ने मेरो विनम्र आग्रह छ ।

– मिति २०७३ म‌सिर १० गते ।