२८ आश्विन २०८३, बुधबार

प्रचण्डदेखि राजेन्द्र महतोसम्म एक-एक पोल खोले ओलीले (हेर्नुस् सशक्त सम्बोधन)

39.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील भएकाले राष्ट्रिय आवश्यकता र जनताको भावनाबमोजिम संशोधन गर्न सकिने बताउनुभयो ।

एमाले को भ्रातृ संस्था युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले यहाँ आज आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “संविधान संशोधनमा के संशोधन गर्ने, कति गर्ने र किन गर्ने भन्ने औचित्य पुष्टि हुनुपर्छ ।” मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय हित र अखण्डताप्रति प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नहुने उहाँको धारणा थियो ।

एमाले तराई–मधेस विरोधी भनी जनतामा भ्रम फिँजाउने काम भएको गुनासो गर्दै उहाँले आफ्नो सरकारका पालामा तराई–मधेसमा विकास निर्माणका धेरै काम भएको दाबी गर्नु भयो । सरकारले निर्वाचनका तयारीका लागि कुनै काम नगरेको उहाँको आरोप थियो ।

सम्बोधनमा ओलीले प्रधानमन्त्री प्रचण्डदेखि राजेन्द्र महतोसम्मको कुरा गर्नुभएको थियो ।

हेर्नुस् भिडियोः