१ कार्तिक २०८३, शनिबार

प्रवासी नेपाली मञ्च जापानको अधिवेशन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf-japan

– नारायण पाण्डे

टोकियो, जापान । नेकपा एमालेको प्रवासी भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको यहि शनिबारबाट टोकियोमा हुन गईरहेको २० औं अधिवेशनको तयारी तिव्र भएसगैँ जापानमा एमालेप्रेमीहरू भाबी नेतृत्व लागी रातदिन सक्रिय भएका छन् ।

अधिवेशन जापानको राजधानी टोक्योस्थित कामता सिटी हलमा यही नोवेम्वर २६ र २७ तारिख हुने आयोजकले जनाएको छ ।

अधिवेशनमा एमालेका स्थाई कमिटि सदस्य किरण गुरूङ सहित एमाले पार्टीका दक्षिणपुर्बी क्षेत्रिय इन्चार्ज राजन राईले पनि सम्वोधन गर्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटीको अधिवेशनको समय नजिकै गर्दा विधान संशोधन ,प्रतिनिधी ब्यवस्थापन ,आर्थक संकलन लगाएतको कार्यहरु तिव्र रुपमा अिघ बढिरहेको साथै अधिवेशनको तयारीअन्तिम चरणमा पुगेको र सहमतिको प्रयास भईरहेको उपाध्यक्ष राजकुमार पण्डितले दैनिक नेपाललाई जानकारी दिनुभयो ।