अमेरिका । नोभेम्बरको चिसोले अलिकती चुस्स छुन लाग्दा १९ तारिखको शनिबारको दिन अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाका करिब ७० जना साहित्यकार, कविदेखि कलाकारसम्म सबै आ–आफ्नो कविता, मुक्तक, गीत र हाँस्य ब्यङग सहित जुटेर आआफ्ना प्रस्तुति दिएका छन् ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालको निवास भर्जिनियाको एतिहासिक शहर विन्चेस्टर शहरमा उनीहरूको जमघट भएको हो ।
अमेरिकास्थित नेपाली राजदूताबासका डेपुटी चिफ अफ मिशन जीवन प्रकाश श्रेष्ठ मात्र होइन मानबाधिकार आयोगका पूर्व सचिब, अग्रज साहित्यकार, लेखक विद्वान शंकर श्रेष्ठदेखि डा रघुनाथ अर्याल, पेशाले डाक्टर करिब एक दर्जन ब्यक्तित्व र करिब ७० जना साहित्यकार, कविदेखि कलाकारसम्मको उपस्थिति थियो ।
आयोजक रामप्रसाद खनालले कविता बाचन गरेर शुरु गरेको कवि गोष्ठी खनालकै गीतमा आएर समाप्त भएको थियो ।
कार्यक्रममा कविता, मुक्तक, गीत, हाँस्यब्यंगको यस्तो बहार आयो साढे तीन घण्टाको समय बितेको कसैले पत्तै पाएनन् ।
अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष एवम् लोकप्रिया कलाकार शिवहरि पौडेलको कविता, हाँस्यब्यङग मात्र त्यहा प्रस्तुत
भएन विद्वान साहित्यकारहरु शंकर श्रेष्ठ, डा रघुनाथ अर्याल, डा हरिराज भट्टराई, प्रोफेसर एकराज भट्टराईका सारगर्भित कविता पनि प्रस्तुत भए ।
डा गुण सुबेदी, डा अनिल सुवाल, डा राजेश सुबेदी, डा कबिता नेपाल घिमिरेका कविता सँगै पुराना कवि शरद निरौला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, लेखक साहित्यकार कृष्ण धराबासी, अग्रज पत्रकार सोमनाथ घिमिरे, कविहरु सुदीप भद्र खनाल, नीरा शर्मा, कल्पना सुबेदी, प्रेम सँग्रौला, बासु श्रेष्ठ, प्रकाश नेपाल, नीता श्रेष्ठ, भूपनारायण घर्ती मगर, मन थापा, परशु तिमल्सिना, पुस्कर पन्त, रबीन्द्र श्रेष्ठ, नारायण अधिकारी, रजनी श्रेष्ठ, बिना घर्ती मगर आदिले कबिता बाचन गरेका थिए ।
मन्जु सँग्रौलाले राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् । कविता, गीत, मुक्तक, हाँस्य ब्यङगदेखि सबै कुरा समेटिएको उक्त बिशेष साहित्यिक कार्यक्रम कोठे कविता गोष्ठीको ३३ औँ कार्यक्रम अन्तरगत आयोजना गरिएको आयोजक खनालले बताए ।















प्रतिक्रिया