सन्दर्भ २०६३ सालपछिको हो । संविधानसभाको निर्वाचनपछि गिरिजा हटेपछि २०६४ भदौदेखि माओवादीका नेता प्रचण्ड प्रधानमन्त्री बने । तर प्रारम्भदेखि नैं विवादको आहालमा परेर आफ्ना महत्वाकांक्षी अपरिपक्वताका कारणले माओवादी नेता प्रचण्डले राजीनामा गरेर भागे । नेपालमा अहिले एक नम्वरको धनीमा प्रचण्ड, दोस्रो धनीमा हिसिला यमी र सुजाता जोष्टलाई तेस्रो धनी भनिन्छ । प्रचण्डको राजीनामापछि दुबै निर्वाचनक्षेत्रबाट चुनाउ हारेका पदलोलुप एमालेका माधव नेपाल भारतीय चासोमा प्रधानमन्त्री बने । उनी एक पङ्गु, घोर ओसरवादी पदलोलुप्त व्यक्ति हुन् ।
राजा ज्ञानेन्द्रको राज्यरोहणमा सजिएर दाम चढाएर अभिवादन गर्ने, प्रधानमन्त्री बन्न आमाको क्रिया नगर्ने, प्रधानमन्त्री बन्न राजदरबारको ढोकामा राजा ज्ञानेन्द्र समक्ष निवेदन हाल्ने ती गद्दार माधव नेपाल राजाले प्रधानमन्त्री बनाएनन् भन्ने रिसले अहिले कट्टर गणतन्त्रवादी बनेका छन् । यस्ता गद्दार पनि नेपालको राजनीतिमा अझै एमालेको हर्ताकर्ता बनेका छन् । उनी प्रधानमन्त्री भएपछि भारतीयहरुले खुसियाली मनाए । यिनले मान्छेलाई चारचौरास सरकारी स्तरमा नियुक्त गरे । उनी एमाले पार्टीको एक लाचार छायाँ बन्न पुगे । उनी असंवैधानिक तरिकाले राष्ट्रका ठूल्ठूला निर्णय गर्न पछि नपर्ने एक गद्दार हुन् ।

राजा ज्ञानेन्द्र जस्तो धैर्यवान व्यक्तित्व मैले देखेको छैन । उनले यी सबै देशद्रोही भ्रष्टहरुलाई जाकेर राजकाज चलाउन पनि सक्थे । तर उनले रक्तपातको बाटो रोजेनन् । खैर, हेर्दैजाऔं । माधव नेपालपछि माओवादी प्रचण्डको समर्थनमा एमालेकै अर्का सिद्धान्तच्यूत नेता झलनाथ खनाल प्रधानमन्त्री बने । यिनले आफ्नो समयमा एउटा सिन्का भाँच्ने काम गरेनन् । उनी एक लुच्चो र वाइहात् निरस व्यक्तिको रुपमा नेपालको राजनीतिमा चिनिए । झलनाथलाई माओवादीले नैं प्रधानमन्त्री बनायो र माओवादीले नैं लात हानेर लखेटे । नेपालको अधोगति गराउनमा उनी एक लुच्चो पात्र हुन् ।
झलनाथपछि भारतीय गुप्तचर संस्थाका पूर्व नेपाल प्रमुख आलोक जोशीको रोहवरमा ४ बुँदे सहमति गराएर माओवादी नेता प्रचण्डलाई हस्ताक्षर गर्न लगाएर २०६८ भदौ १२ मा बाबुराम भट्टराई भारतको चहानामा प्रधानमंत्री बने । २०४७ सालपछि बनेका प्रधानमंत्रीहरुमा बाबुराम भट्टराईले आफूलाई खतरनाक देशद्रोहीको रुपमा चिनाए । यिनले नेपालको राष्ट्रिय पोसाक हटाए, राजा त्रिभूवनको शालीक हटाउने निणर्य गरे । धर्मनिरपेक्षको आडमा नेपालका गाउँहरुमा इसाईकरण गर्न गरिबी निवारण कोष जस्ता हरेक कार्यक्रम मार्फत ब्रम्हलुट मच्चाए । अर्बौं राजश्वको दुरुपयोग गरे । राज्यका हरक्षेत्रमा आफ्नी श्रीमतीलाई अघि सारेर ब्रम्हलुट मच्चाउन लगाए ।
बाबुराम भट्टराईले नेपालको माओवादी पार्टीलाई भारतको प्रभावमा जन्मे हुर्कैको शक्तिको रुपमा चिनाउन चाहे । हामीलाई भारतसँग जोडिन्छ तर चीनसँग केही लिनुदिनु छैन । दिल्लीमा सम्पन्न १२ बुँदे समझदारीको शुरुवातदेखि साथ दिदै आएको भारतले नेपालको शान्ति प्रक्रियाामा अहिले दखिएको ‘डेडलक’को स्थिति फुकाउन पनि उस्तै सद्भाव राख्नुपर्ने धारणामा आग्रहभन्दा पनि दबाबमूलक स्वर लुकेको थियो । यस्ता विखण्डनकारीहरुलाई ठिङ्ग्रामा हालेर कारवाही गर्न सकिएन भने नेपालको अस्तित्व रहन सक्तैन ।
२०६३ सालपछि प्रधानमंत्री र मंत्रीपरिषदको जतिपल्ट फेरवदल भएता पनि नेपालको हितमा कुनै प्रधानमंत्रीहरुले पनि काम गरेनन् । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि सुशील कोइराला, खड्ग ओली र प्रचण्डहरु भागवण्डाबाटै प्रधानमंत्री बनेका छन् । यसरी भागवण्डाको आधारमा कांग्रेस, एमाले, माओवादी सत्तामा आएता पनि उनीहरुले नेपालका आधार स्तम्भहरु भत्काउँदै देश बिगार्ने बाहेक अरु केही पनि राम्रो काम गरेका छैनन् । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताबाट नेपाल बाँच्न सक्तैन । यी विदेशीहरुले बोकाएका बुँदा हुन् । तर माओवादी, कांगैस, एमाले यी बुँदाहरुलाई जवरजस्त थोपर्न लागिपरेका छन् ।
कांग्रेसका शेरबहादुर देउवा, मधेसीको समर्थनमा माओवादीका प्रचण्ड प्रधानमंत्री बनेका छन् । प्रचण्ड एक उदण्ड व्यक्तिको रुपमा नेपाली समाजमा चिनिएर वदनाम छन् । २०५२ साल अघि आर्थिक रुपमा कम्जोर व्यक्ति २०५२ सालपछि देशभित्र आतंक मच्चाई लुटेको स्रोतबाट प्रचण्ड खर्बपति भएका छन् । स्वदेश विदेशमा प्रचण्डले अबौं रकम जम्मा गरेका र स्वदेश विदेशका अनेकौं ठाउँमा महलहरुका मालीक बनेका छन् भनिन्छ । त्यस्तै शेरबहादुर देउवा पनि हैसियत गुमाइसकेका भ्रष्ट व्यक्तिको रुपमा चिनिन्छन् । २०४७ सालभन्दा अगाडिका एक गरीब व्यक्ति आज खर्बपति बनेका छन् । यसरी चौतर्फी वदनाम भएका नेताहरुको सम्पत्तिको स्रोतको राज्यले छानवीन नगरी उनीहरु चौतर्फी कलंकबाट पखालिन सक्तैनन् ।
बितेका १० बर्षदेखि अहिलेसम्म माओवादी, कांग्रेस, एमालेका नेताहरुले देशलाई भौडीमा हाल्नखोज्ने बाहेक देशको लागि एउटा पनि काम गरेनन् । प्रधानमंत्री पद गिरिजा, शेरबहादुर, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई, सुशील कोइराला, खड्ग ओलीको लागि बानरको हातमा नरिवल झै भयो !
















प्रतिक्रिया