युएई । संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज युएईको बिशेष भेला अध्यक्ष हरि घर्तिमगरको अध्यक्षतामा सम्पन्न भएको छ ।
१८ नोभेम्बरमा आबुधाबीको मुरुर कर्नेक्स पार्कमा सम्पन्न भएको हो । अध्यक्ष मगरले पार्टी केन्द्रबाट प्राप्त निर्देशनहरुको जानकारी गराएका थिए ।
भेलामा बिभिन्न राजनीतिक दल परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेकाहरूलाई स्वागत पनि गरिएको थियो । संघीय फोरम प्रवेश गर्नेमा जंग छन्त्याल, निरु घर्तीमगर, बालविकाश थापा मगर, लक्ष्मण बालाङ्गपाङी मगर लगायत रहेका थिए ।
भेलाले बाबुराम लोप्चनलाई केन्द्रीय उपाध्यक्ष चयन गरेको छ । वार्षिक कार्य योजना तयार, संगठन विस्तार, सदस्यता वितरण जस्ता निर्णय पनि समाजले गरेको छ ।















प्रतिक्रिया