काठमाडौं, ५ मंसिर । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ ।
प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
१८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो ।
आगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।
‘कार्यविधि बनाउने काम भइरहेको छ’, उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन ।’














प्रतिक्रिया