३० आश्विन २०८३, शुक्रबार

केटाले विहे अस्वीकार गरेपछि बारात लिएर केटी पुगिन् ससुराल

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barat

एजेन्सी । विहारको चंपारणमा एक युवकले विहे अस्वीकार गरेपछि केटी बारात लिएर हुनेवाला पतिको घर पुगेकी छन् । मामला बेरिया कस्बेको हो । युवतीलाई परिवारसँग आइरहेको देखेपछि केटा पक्षले घर छाडेका छन् । बारात लिएर पुगेका केटी पक्ष दुलाहाको घरबाहिर धर्नामा बसेका छन् ।

हरसिद्धी प्रहरी थाना अन्तर्गत धनखैरटिया गाउँका लालबहादुर साहनीकी छोरी गीताको विहे पश्मिची चंपारणको बैरिया प्रहरी थानाअन्तर्गत तिलंगहीं गाउँका केदार चौधरीका छोरा दीपकसँग तय भएको थियो । विहेको सबै तयारी भइसकेको थियो, तर अन्तिममा केटा पक्षले विहे अस्वीकार गरे । यसबाट रिसाएकी हुनेवाला दुलही गीता परिवारसहित बारात लिएरै दीपकको घर पुगिन् । तर दीपक घरमा थिएनन् ।
गीता आफ्नो परिवारका साथ दीपकको घरबाहिर धर्नामा बसिन् र भन्न थालिन विना विहे फिर्ता जानेछैन् । गीताका अनुसार उनका भाईको विहे दीपककी बहिनीसँग भएको थियो, जो लुभियानामा बस्छन् । त्यही बेलादेखि दीपक उनको घरमा अक्सर फोन गर्ने । गीता भन्छिन्– ‘दीपक मसँग विहे गर्न चाहन्थे । मैले अस्वीकार गर्दा आत्महत्या गर्ने धम्की दिन्थ्यो ।’

यसैकारण आफू बाध्य भएर दीपकसँग विहे गर्न तयार भएको गीताले बताइन् । गीताका अनुसार दीपकसँग उनको सम्बन्ध १० वर्ष पूरानो हो । र दीपकले उनलाई आफ्नो श्रीमती भनेर जीवन विमा गराएका थिए र आधार कार्ड पनि बनाएका थिए । गीताले दीपकमाथि शारीरिक सम्बन्ध राखिसकेपछि विहेबाट पछि हटेको आरोप लगाएकी छन् । गीताका अनुसार उनी दुबै जना पति पत्नीजस्तै गरी बस्थे ।

दीपकलाई पति मानेर गीताले आफ्नो हातमा उनको नामको ट्याटु पनि खोपेकी थिइन् । तर, केही दिनपहिले दीपक अचानक बदलिए र उनसँग विहे गर्न अस्वीकार गरे । गीताका अनुसार घटना पञ्चायत पुगेको छ र पञ्चायतले २ लाख २० हजार रुपैयाँ दिएर दुबैको विहे गरिदिने निर्णय गरेको छ ।