एजेन्सी । भारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ ।
घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा ट्रकमा पूराना नोट लगिदै थियो, तब एक ट्रक पल्टियो । यी ट्रकमा प्रतिबन्ध लगाइएका भारु नोट कागजभित्र लुकाएर राखिएको थियो ।
ट्रक पल्टिएपछि पाँच सय र हजारका नोटको सडकमा थुप्रो लाग्यो । नोट खराब त भएनन् किनकि यिनलाई कागजले ढाकिएको थियो । वरपरका मानिस यो दृश्य देखेर त्यहाँ जम्मा भइहाले । प्रहरीलाई यसको सूचना पाउनेवित्तिकै घटनास्थल पुगेर नोटलाई नियन्त्रणमा लियो ।
मोदी सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि कालोधन जम्मा गर्नेको होस उडेको छ र गाडीमा नोट भरेर हटाउन खोजिरहेका छन् । कैयौ ठाउँमा त नदीमा बगाइएको छ ।















प्रतिक्रिया