१२ कार्तिक २०८३, बिहिबार

ट्वाइलेटबाट यसरी हुन्छ ठूलो धन्दा, थाहा पाएपछि सबै चकित

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

toiletकाठमाडौं, २ मंसिर । सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै आफन्तलाई सूचना चुहाउने गरेको स्रोतले जनाएको छ ।
नागरिक दैनिकले समाचार छापेको छ ।

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः कारोआर भइरहेकै बेला बस्छ ।

बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।

सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निरासाजनक सुइँको पाए बेच्न थाल्छन् ।

पछिल्लो पटक एभरेष्ट बैंक र नेशनल लाइफ इन्सोरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको हो ।