१ कार्तिक २०८३, शनिबार

नयाँ वर्ष नेपाल सम्बत ११३७ न्हुँ दँ बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

newa

जापान । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष )को पवन अवसरमा २०१६ नोवेम्वर ५ तारेख का दिन “शुभकामना आदान प्रदान” तथा बिबिध सांस्कृतिक कार्यक्रम सहित  नागानो केनको तातेसिना रिजोर्ट होटेलको सभाहलमा सम्पन्न भएको छ ।

आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले संस्थाले पहिलोपटक जापानमा नयाँ वर्ष मनाएको हो । नागानो केन तातेसिनाको रमणीय स्थलमा पारिवारिक वातावरणमा नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष ) तथा बिबिध कार्यक्रममा टा ढा टाढा देखि  कार्यक्रममा आइदिनुहुने सम्पूर्ण उपस्थित महानुभाब हरुमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानकी सह संयोजक इन्दिरा सुजुकीले  संस्थाको तर्फबाट र  आफ्नो तर्फबाट  नयाँ वर्षको  शुभकामना दिंदै  स्वागत  भाषण गर्नु भएको थियो ।

“एक नेपाली एक सहयोग” नारा सहित नयाँ वर्ष ११३७  को शुभकामना आदानप्रदानका साथ दिवा भोज तथा सांगीतिक कार्यक्रम भब्य रुपमा मनाईएको थियो ।

एन आर एन जापानको संस्थापक अध्यक्ष राजन प्रधानांगको प्रमुख आतिथ्यमा नेपाली नयाँ वर्ष नेपाल सम्बत ११३७  को शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालबाट पाल्नु भएकी कलाकार रुमि शाक्य तथा स्थानीय कलाकारहरु सकुल प्रजापति,रिया जोशी र जापानी नागरिक युको ओकामोतो (ज्यापुनी )ले  बिशेष सांस्कृतिक प्रस्तुति सहित युको ओकामोतोले चर्या नृत्य तथा  चर्या नृत्यको महत्व र परिचय दिनु भएको थियो । त्यस्तै रुकेश गोसाइले धिमे र रोहित सिल्पकारले भुस्या बजाई मनोरंजन दिएका थिए भने युको ओकामोतोले धिमेको तालमा धिमे नाच नाचेका थिए ।

सो  कार्यक्रममा सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ ,नेपाल भाषा प्रस्ट बोल्ने जापानिज ब्यांचा दाई, रामेछाप जापान समाजका प्रमुख सल्लाहकार सुरेन्द्र लाल श्रेष्ठ, ओकिनावा प्रतिनिधि नारायण जोशी, कास्की  पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, पर्वत समाज जापानका अध्यक्ष ईस्वर जोशी, नेवा:जागरण जापानका अध्यक्ष जनक राज शाक्य, नेवा:गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति, वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य, एन आर एन जापानकी सदस्य सबिता श्रेष्ठले नेपाल सम्बत ११३७ को उपलक्षमा सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको भिन्तुना तथा शुभकामना दिनु भएको थियो ।

स-सानो बाल बालिका देखि लिएर ६२ वर्षको उमेरको काका काकीले समेत मनोरंजन गरेको उक्त दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

बिदेशमा बस्ने नेपालीहरुले आफ्नो देशको कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना र प्रबर्द्वनको साथसाथै नेपालमा केहि आर्थिक सहयोग गर्नु पर्ने र  “एक नेपाली एक सहयोग” को नारालाई ब्यापक बनाउन सकेमा नेपालको उन्नति छिटो हुने धारणा राख्दै संस्थाका संयोजक सुनिल कुमार शाक्यले कार्यक्रमको समापन गरेको थियो ।

उक्त मनोरन्जनात्मक सांस्कृतिक तथा शुभकामना आदानप्रदान  कार्यक्रमको संचालन रुमि शाक्य ,रोजी शाक्य ,सम्रिता बज्राचार्य, अस्मिता कार्की श्रेष्ठ र क्रिस्मा श्रेष्ठले  सफलता पुर्वक संचालन गरेकी थिइन ।