एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नातिनी अराबेला कुसनरको चिनियाँ भाषाको एक भिडियोले चीनमा नयाँ तरंग ल्याएको छ ।
ट्रम्पकी छोरीतर्फकी पाँच वर्षीया नातिनी अराबेलाले यो भिडियोमा चिनियाँ मन्दारिन भाषामा कविता भन्दै गरेको देखिएको छ । १८ महिनाको उमेरदेखि चिनियाँ भाषा सिकिरहेकी अराबेला यो भिडियो चीनमा निकै भाइरल बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
ट्रम्पकी छोरी इभान्काले आफ्नी छोरी अराबेला कुसनरको भिडियो गत फेब्रअरीमा इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि यो भिडियो चीनका ‘नेटिजेन्स’ बीच भाइरल भएको हो । भिडियोमा अराबेला परम्परागत चिनियाँ पहिरनमा देखिन्छिन् र ताङ वंशको पालाको एक कविता भनिरहेकी छन् ।
चीनमा नयाँ तरंग
चीनमा सो भिडियो भाइरल भइसकेपछि चिनियाँ सामाजिक सञ्जालमा अनेक प्रतिक्रियाहरु आएका छन् ।
‘यो भिडियोले कम्तीमा पनि ट्रम्प शिक्षालाई महत्व दिन्छन् र विदेशी सँस्कृतिप्रति ढोका बन्द गर्दैनन् भन्ने देखाएको छ,’ एक वेइबो प्रयोगकर्ताले भनेका छन् ।
‘चिनियाँहरु गोप्य रुपमा उनको बेइज्जत गरिरहेका छनछैनन् थाहा पाउनका लागि ट्रम्पले आफ्नै नातिनीलाई चिनियाँ भाषा सिकाएछन,’ अर्का व्यक्तिले मजाक गरेका छन् ।
‘ट्रम्पले भविष्य चीनको हातमा छ भन्ने कुरा महसुस गरेछन् । अब उनकी नातिनीलाई चीन बसाईं सर्न असम्भव रहेन,’ ट्रम्पको आप्रवास नीतिप्रति व्यंग्य गर्दै एक व्यक्तिले लेखेका छन् ।
https://www.youtube.com/watch?v=-Ry3w_PuyyE
https://www.youtube.com/watch?v=dLdQk2UX_3Y
















प्रतिक्रिया