काठमाडौं, १ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी फेल भएको छ ।
सुष्माले बुधबार विहान ट्वीटरमार्फत आफ्नो मृगौला फेल भएको र दिल्लीस्थित एम्स अस्पतालमा डाइलाइसिस गरिरहेको जानकारी दिएकी छन् ।
उनले ट्वीटरमा लेखेकी छन्- ‘म अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा छु। मेरो मिर्गौला खराव भएको छ। मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ। भगवान कृष्ण मलाई आर्शिवाद देऊ।’
एम्सले सुष्माको अवस्था स्थिर रहेको जानकारी रहेको छ । उनलाई लामो समयदेखिको मधुमेह रोगका कारण मृगौलामा असर पुगेको अस्पतालले जनाएको छ ।
I am in AIIMS because of kidney failure. Presently, I am on dialysis. I am undergoing tests for a Kidney transplant. Lord Krishna will bless
— Sushma Swaraj (@SushmaSwaraj) November 16, 2016















प्रतिक्रिया