३० आश्विन २०८३, शुक्रबार

फेसबुकले आफ्नै मालिकलाई मृत घोषित गरेपछि…

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mark_zuckerberg_facebook-5828421ae27c99-40533557

एजेन्सी । संसारकै प्रमुख सामाजिक सञ्जाल फेसबुकले आफ्नै मालिक मार्क जुकरबर्गलाई मृत घोषित गरेपछि संसारभर हंगामा मच्चिएको छ ।

गत शुक्रबार फेसबुकमा आएको समस्याले जुकरबर्गको निधन भएको र उनलाई श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको थियो । जसको असर अहिलेसम्म परेको छ ।

फेसबुकले जुकर्रगको प्रोफाइल माथि ‘मार्कलाई मन पराउने जो कोहिले पनि आफूसँग भएको कुनै पनि वस्तुलाई अरुको हितमा प्रयोग गर्न सकेमा उनको आत्मालाई शान्ति मिल्नेछ’ भन्ने भावपूर्ण श्रद्धाञ्जलिसहितको सन्देश आफ्ना प्रायेगकर्तालाई देखाएको थियो ।

फेसबुकका मालिक जुकरबर्गमात्र नभएर धेरै फेबुक प्रयोगकर्ता यसको सिकार भएका छन् । जिउँदो मानिसको प्रोफाइलमा निधन भएको र निधनमा फेसबुकले श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो बिषयलाई लिएर फेसबुकका प्रवक्ताले ठूलो गल्ती भएको र यो समस्याको समाधान भइसकेको बताएका छन् । साथै उनले यो समस्यालाई लिएर माफी मागेका छन् । उनले भने– ‘म र फेसबुक परिवारका तर्फबाट माफिसमेत माग्छु ।’