१ कार्तिक २०८३, आइतबार

शक्तिशाली युरोप विश्व र अमेरिकाका लागि लाभदायक: ओबामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barack Obama

एथेन्स (ग्रीस), ३० कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शक्तिशाली युरोप राज्य अमेरिकाकाको लागि लाभकारी भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिका रुपमा सम्भवत युरोपको अन्तिम भ्रमणका क्रममा ग्रीसमा आइपुग्नुभएका राष्ट्रपति ओबामाले मङ्गलबार उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) अमेरिकी सुरक्षा र समृद्धिका लागि विल्कुलै महत्वपूर्ण हुनेसमेत बताउनुभएको छ । शक्तिशाली नेटो र मजबूत युरोप अमेरिकाका लागि उचित विषय भएको उहाँले बताउनुभएको छ ।

अमेरिकाले शक्तिशाली समृद्ध र एकीकृत युरोप युरोपका लागि मात्रै आवश्यक एवम् खुशीको कुरा नभई अमेरिकासँगै सम्पूर्ण विश्वका लागि राम्रो कुरा हुने अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना ग्रीक समकक्षी प्रोकोपिस पाभ्लो पाउलससँग एथेन्समा भएको भेटमा बताउनुभएको हो ।

ट्रान्स एटलान्टिक सम्बन्ध अमेरिका र युरोपबीचको पारस्परिक सुरक्षा एवम् समृद्धिको आधारशिला भएको उक्त भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले बताउनुभयो ।

त्यसैगरी ग्रीक प्रधानमन्त्री अलेक्सी सिप्राससँगको भेटमा उहाँले कुनै पनि विषयमा कठोर बन्दैमा यसबाट समृद्धि पाइने छ भन्नु बुद्धिमानीपूर्ण नहुने भन्दै युरोपेली सहयोगीलाई यस विषयमा सचेत रहन आग्रह गर्ने बताउनुभएको थियो । रासस/एएफपी