काठमाडौं, ३० कात्तिक । चीनले अमेरिकालाई चिनियाँ उत्पादन आयातमा रोक लगाए चीनमा अमेरिकी उत्पादन बन्द गरिदिने चेतावनी दिएको छ ।
चीन सरकारको धारणा सार्वजनिक गर्दै सरकारी पत्रिका ग्लोबल टाइम्सले सम्पादकीयमार्फत अमेरिकी बोइंग र आईफोन विक्रीमा रोक लगाइदिने चेतावनी दिएको हो ।
चीनको यो प्रतिक्रिया डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि आएको हो । ट्रम्पले चुनावी अभियानका दौरान अमेरिकामा ४५ प्रतिशत चिनियाँ उत्पादनमा रोक लगाउने घोषणा गरेका थिए । यस विषयमा प्रतिक्रिया दिँदै चीनले यदि ट्रम्पले ट्रेड वार (युद्ध) सुरु गर्छन् भने चीन पनि जवाफ दिन तयार छ भनेको छ ।
चीनले ‘जस्तालाई तस्तै’ भन्ने रणनीति अमेरिकाको हकमा लागु गर्ने ग्लोबल टाइम्समा उल्लेख छ । यदि ट्रम्प चीन–अमेरिकी व्यापारलाई कमजोर गराउँछन् भने अमेरिकी उद्योगी पनि यसबाट प्रभावित हुनेछन् र चीन पनि अमेरिकामा पढिरहेका चिनियाँ विद्यार्थीलाई रोक्नेछ । अन्तिममा नयाँ राष्ट्रपतिलाई उनको लापरवाही, अज्ञानता र अक्षमताका लागि निन्दा गर्नेछौं ।
















प्रतिक्रिया