१ कार्तिक २०८३, शनिबार

शिकागो नेपाली लायन्स क्लबको चार्टर्ड नाईट सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1शिकागो । अमेरिकाको शिकागोमा गत महिनाको अक्टोबर १९ मा स्थानीय ब्यवसायी रमाकान्त खरेलको अध्यक्षतामा गठन भएको शिकागो नेपाली सेन्टेन्नियल लायन्स क्लबले आफ्नो पहिलो चार्टर नाईट ओहेयर भब्य रुपमा सम्पन्न गरेको छ ।

करीब ६० जना लायन्स उपस्थित सो कार्यक्रममा लायन्स क्लब शिकागोका डिस्ट्रिक्ट गभर्नर तथा अन्य पदाधिकारीहरुले नयाँ लायन्सहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै परोपकारी संस्था लायन्स बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा शिकागोस्थित नेपाली संघ संस्थाका सबै जसो अगुवा प्रतिनिधिहरु उपस्थित भएको सो कार्यक्रममा सदस्यताको प्रमाण पत्र समेत यसै समारोहमा बितरण गरिएको थियो ।

‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्र लिएको लायन्स क्लब ईन्टरनेशलसंग आवद्द यस परोपकारी संस्थाको शिकागो स्थित शाखाले गठनको छोटो समयमै बिभिन्न सामाजिक कृयाकलापमा समेत राम्रो अग्रसरता देखाएको छ ।

यस संस्थाको अगुवाई तथा स्थानीय एनआरएन, सिएनएफयस, थारु सोसाइटी, आन्मा लगायत अन्य नेपाली संघ संस्थाको सकृयतामा यहि नोभेम्बर २० का दिन बृहद रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

त्यसैगरी नेपालमा अपांगता भएका ब्यक्तिहरुको सरोकार सम्बन्धि कार्यक्रममा समेत सहकार्य जनाउने बारेमा समेत बैठकमा सर्बसम्मत भएको छ ।

आज भन्दा झण्डै सय बर्ष अघि सन् १९१७ शिकागोमै स्थापना भई हाल बिभिन्न देशमा गरी १४ लाख बढि सकृय सदस्य भएको लायन्स क्लबले आगामी बर्ष आफ्नो स्थापनाको एक सय बर्ष पूरा गरेको उपलक्ष्यमा हुने बिष्व लायन्स सम्मेलनमा नेपाल लगायत संसारका झण्डै चालीस हजार बढि सदस्यहरु उपस्थित हुने जनाईएको छ ।

दृष्टि बिहीन, श्रवणशक्ति नभएका र प्राकृतिक बिपत्तिमा परेकाहरुलाई मानवीय सहयोग गरिरहेको यस संस्था संयुक्त राष्ट्र संघ द्वारा सूचिकृत क बर्गको परोपकारी संस्था हो ।