१ कार्तिक २०८३, शनिबार

महिला अधिकारकर्मी बिष्णुमाया परियार लन्डनमा सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_6385– विजय थापा

अमेरिका । अमेरिकाको न्यूजर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णुमाया परियारलाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले सम्मान गरेको छ ।

उनलाई नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला सशक्तिकरणसम्बन्धि बिशेष भूमिका निर्वाह गरेकोमा उनलाई बेलायतमा उक्त संस्थाले सम्मान गरेको हो ।

परियारले आफ्नै पहलमा न्यूजर्सीमा संस्था स्थापना गरेकी छिन् । जसको माध्यमबाट महिला सशक्तिकरण तथा महिला सम्बन्धि थुप्रै बिषयमा वकालत गर्दै आई रहेकी छिन् ।

सृजनशील नेपाली समाज युकेले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महिला अधिकारकर्मी परियार प्रमुख अतिथि रहेकी थिइन ।

प्रमुख अतिथिको साथै प्रमुख वक्ता समेत रहेकी परियारले कार्यक्रममा पानसमा बत्ति बलि कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

उनले आफूलाई अमेरिकाबाट लन्डन झिकाई पन्चे बाजा सहितले स्वागत गर्दै सम्मान गरेकोमा हर्ष व्यक्त गरिन ।