काठमाडौँ, २९ कात्तिक । नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर हुनुहुन्छ ।
महासचिवमा पर्शुराम मेघी गुरुङ, उपमहासचिवमा टासी लामा र विजयसिंह लोप्चन, सचिवमा रामचन्द्र बल, पिके राई, शारदा कुमाल र देवराज राई हुनुहुन्छ । कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा रामप्रसाद चौधरीलाई जिम्मेवारी दिइएको छ ।
महासङ्घका प्रतिनिधि शिव गुरुङले अब विभिन्न प्रदेशको क्षेत्र तथा भूगोलको सन्तुलन मिलाएर ८३ जना सदस्य चाँडै छनोट गरिने जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको महाधिवेशनले विधान र महासङ्घको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको उहाँले बताउनुभयो । रासस












प्रतिक्रिया