१ कार्तिक २०८३, आइतबार

चीनलाई अमेरिकाको दुश्मन भन्ने ट्रम्पलाई किन भेट्दैछन् चिनियाँ राष्ट्रपति ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-xi

बेइजिङ, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले “एसियाको हात्ती, अमेरिकाको दुस्मन” इत्यादिजस्ता तीता शव्दबाट चीन उपर लान्छना लगाउँदै अमेरिकाले चीनबाट आयात गर्ने बस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसूल लगाउने चेतावनी दिनु भएको थियो ।

मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले “एसियाको हात्ती, अमेरिकाको दुस्मन” इत्यादिजस्ता तीता शव्दबाट चीन उपर लान्छना लगाउँदै अमेरिकाले चीनबाट आयात गर्ने बस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसूल लगाउने चेतावनी दिनु भएको थियो ।

निर्वाचनअघिका कुराहरु बिर्सिइ विश्व अर्थतन्त्रका दुई सम्पन्न राष्ट्रबीच सहयोग आदानप्रदान हुने थुप्रै सम्भावना रहेको समेत दुई नेताबीच सोमबार भएको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सिले बताउनु भएको सिसिटिभीले उल्लेख गरेको छ ।

विश्वको अन्य देशका तुलनामा दुई देशबीच उच्च आर्थिक कारोबार हुने गरेकाले उच्च सहकार्यको आवश्यता रहेको, विद्यमान द्विपक्षीय सम्बन्धलाई अझै दर्विलो पार्नु पर्ने तथा आपसी हितका धेरै मामिलामा उच्चस्तरीय छलफल गर्नका लागि अतिशीघ्र भेटवार्ता गर्न दुईनेताबीच सहमति भएको राष्ट्रपति सिले बताउनु भएको भनी सिसिटिभीले जनाएको छ ।

सिसिटिभीले उल्लेख गरे अनुसार सो टेलिफोन कुराकानीमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि चीन एक विशाल महत्व बोकेको राष्ट्र भएकोले चीनसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको, चीन–अमेरिका आपसी सम्बन्ध र दुबैपक्षको जित हुने रणनीतिमा विश्वास राख्ने पनि बताउनु भएको छ ।

निर्वाचन अभियानका क्रममा चीनउपर अतिशयोक्ति गरी आलोचना गर्नुहुने ट्रम्प नै राष्ट्रपति पदमा आउनु भएपछि दुई देशबीच मडारिन लागेको अनिश्चिततालाई यस टेलिफोन वार्ता र शीघ्र भेटघाट, छलफल गर्ने प्रतिवद्धताले अलिकति भए पनि सकारात्मक सङ्केत देखाएको जनाइएको छ । – एएफपी