रामेछाप, २९ कात्तिक । रामेछाप जिल्लामा स्थानीय तहको सिमाङ्कन र केन्द्र निर्धाणको विषयमा जिल्लाका राजनीतिक दलहरुले तयार गरेको खाकाको विरोध अझै जारी रहेको छ ।
सो निर्णयको विरोधमा विभिन्न गाविसमा कार्यक्रमहरु हुनुका साथै जिल्ला विकास समिति र राजनीतिक दलहरुलाई विरोधपत्र बुझाउने क्रम जारी छ ।
जिल्लामा भएको स्थानीय तहको सिमाङ्कन र केन्द्र निर्धाणको शिफारिस विरुद्धमा पकरबास गाविसका सर्वसाधारण पनि आन्दोलित भएका छन् । पकरबासको वडा नम्बर १ देखि ४ नम्वर सम्मका स्थानीयहरुले आइतबार स्थानीय विकास अधिकारी दिनेशराज पन्तको कार्यकक्षमै गई पकरबास गाविसको १ देखि ४ नम्बर वडालाई मन्थली नगरपालीकामा समावेस गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय राजनैतिक दल लगायत ३ सय ४९ जना स्थानीहरुले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा पकरबास गाविसलाई जिल्लाका पुनरसंरचना गर्दा भौगोलीक बिविधता र जनअपेक्षालाई उपेक्षा गदै खाँडादेवी गाउँपालिक प्रस्ताव गरिएको प्रति आफूहरुको असहमिति रहेको उल्लेख छ ।













प्रतिक्रिया