१ कार्तिक २०८३, आइतबार

ट्रम्पले ३० लाख अवैध आप्रवासीलाई जेल हाल्ने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donald-trumpन्यूयोर्क, २९ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् ।

अमेरिकी च्यानल ‘सीबीएस’लाई अन्तरवार्ता दिदैं ट्रम्पले यस्तो योजना सार्वजनिक गरेका हुन् । उनले आपराधिक गतिविधिमा सामेल भएका आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउने वा जेल हाल्ने आफ्नो योजना रहेको बताए ।

‘जो अपराधी छन्, जसको आपराधिक रेकर्ड छ, विभिन्न ग्याङ्गका सदस्य छन्, ड्रग डिलर छन्, उनीहरुको बारे हामी पत्ता लगाउने छौं,’ ट्रम्पले भने, ‘त्यस्ता व्यक्तिको संख्या २० लाख हुन सक्छ, ३० लाख पनि हुन सक्छ, हामी उनीहरुलाई देश बाहिर पठाउने छौं या जेलमा हाल्ने छौं ।’

ट्रम्पले निर्वाचन प्रचारका क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए । उनले आफू उक्त प्रतिबद्धतामा कायम रहेको पनि बताए । सीमाका केही भागमा पर्खाल र केही भागमा तारबार लगाउन उपयुक्त हुने उनको भनाइ थियो ।

ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्नेछन् । अमेरिकामा करिब १ करोड १० लाख आप्रवासी आधिकारिक दस्तावेज विना नै बस्दै आएको अनुमान छ । – एजेन्सी