१२ कार्तिक २०८३, बिहिबार

कुन–कुन नेताले लिएर सरकारसँग उपचार खर्च (नामसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-koirala-and-kp-oliकाठमाडौं, २९ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।

‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाले भनेका छन्, ‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।

कसले कति उपचार खर्च लिए ?

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख

एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख

पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख

कांग्रेस नेता चक्र बास्तोला- ५० लाख

माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख

पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख

कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख

कांग्रेस नेता खुमबहादुर खड्का- २० लाख

पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान- १३ लाख