१९ कार्तिक २०८३, बिहिबार

सात लाख भारुसहित भारतीय महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

An employee counts Indian currency notes at a cash counter inside a bank in Kolkata

झापा, २८ कात्तिक । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ७ लाख भारुसहित झापाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका डीएसपी अजय छतकुलीका अनुसार झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित मेची पुल इलाकाबाट भारतको दार्जिलिङ जयगाउँ घर बताउने ४५ वर्षिया सूसना पोर्तेललाई शनिबार सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले करिब सात लाख भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

उनको साथबाट एक हजार, पाँच सय र एक सय दरका भारतीय रुपैयाँ बरामद भएको छ । पक्राउ परेकी पोर्तेललाई बरामद नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।