१९ कार्तिक २०८३, बिहिबार

पैसाका लागि महिलाको हत्या गर्ने तीन जना रुपन्देहीमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २८ कात्तिक । सैनामैना नगरपालिका–१ बनकट्टा बस्ने ६१ बर्षीया चुरी अर्याललाई २०७२ माघ २९ गते राति घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार हसियाँ प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका–१२ बस्ने २५ बर्षीय सन्तोष थापा मगर, सोही नगरपालिका–१ बस्ने ३० बर्षीया उमादेवी विक र ३० बर्षीया कल्पना खनाल रहेका छन् ।

उनीहरुले चुरी अर्यालले जग्गा विक्री गरेको पैसा घरमा छ भनी चोर्ने मनसायले टाउकोमा हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुले अर्यालको घरबाट नगद ३० हजार रुपैयाँ, नाकमा लगाउने फुली, तिलहरी, सिक्री, बाला लगायतका धनमाल चोरी गरेर आफूहरुबीच बाडी खाएको स्विकार गरेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको हसियाँ, मृतकले प्रयोग गरेको उनीहरुले लगेको सिम सहितको मोवाइल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।