बाजुरा, २८ कात्तिक । नौ केजी नौ सय ग्राम चरेस सहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । मार्तडीस्थित दुनि हाट बजारबाट बरामत गरिएको चरेससहित कारोवारमा संलग्न दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीले चरेस कारोबारमा संलग्न दार्चुला सितोला–८ बस्ने २८ वर्षका केशव धामी र बाजुरा दहकोट–२ पाते बस्ने ३६ वर्षका राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो । उनीहरुले शनिबार राती बजार गस्तीमा रहेको प्रहरी टोलीले १० बजेतिर पक्राउ गरेको प्रहरी निरीक्षक हरिहर सुनारले बताए ।
सुरुमा प्रहरीले जिल्ला बाहिर पठाउने तयारीका साथ झोलामा प्याक गरेर हिँडीरहेको अवस्था राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । बोहराकै बयानका आधारमा मुख्य ठेकेदार केशव धामीलाई बानीया होटलबाट पक्राउ गरेको थियो ।
कृष्ण बाँनीया सञ्चालक रहेको बाँनीया होटलको भुई तला स्थित कोठा नम्बर १ बाट सुतिरहेको अवस्थामा धामीलाई राती ११ बजेपछि पक्राउ परेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक हरिहर सुनारले बताए । उनीहरुबाट चरेस तौलन प्रयोग हुने काठो सहीत विभिन्न तौलका ६ वटा ढक र १ वटा टेम समेत बरामत गरेको छ ।
प्रहरीले दशक यताकै ठूलो मात्रामा चरेस कारोवारलाई पक्राउ गर्न सफल भएको बताएको छ । पक्राउ परेका राजेन्द्र रोकायाले १५ हजार पाउने गरी घरमा राख्ने र समय अनुकुल मिलाउर जिल्ला बाहिर पठाउने जिम्मा लिएको खुल्मा आएको छ । भने केशव धामीले गाउँमा गएर खदिर देखि नियमित कारोबार गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
बिगत एक वर्षदेखि बाजुरामा बस्दै आएका धामी सुतेकै कोठाबाट करिब १५ लाख बराबरको २ क्वीन्टल ८ सय ग्राम ट्यूवलाईट च्याउ पनि बरामत गरेको छ । च्याउ वैध अवैध बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । चरेस कोल्टी गाविसको चोलु, टाणी, भुलेनाबाट खरिद गरेको बयानका आधारमा बुझ्नमा आएको छ ।
गाउँमा खरिद गर्नमा संलग्न र विक्री गर्ने थप तीन जनालाई समेत नियन्त्रणमा लिईसकेको प्रहरीले जानकारी दिएको छ । नेपालबाट बाहिर पठाउने व्यक्तिको पनि खोजी भईरहेको छ, अनुसन्धान पछि सार्वजनिक गर्ने प्रहरी निरीक्षक सुनारले भने । अनुसन्धान म्याद ९० दिनको हुन्छ, चरेस उत्पादन गर्ने देखि विक्री गर्ने र सेवन गर्ने सम्मलाई कारवाही हुने सक्ने सुनारले बताए ।
पक्राउ परेका दुबै जनालाई लागु पदार्थ ओसारपोसार ऐन २०३३ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ । कानुन अनुसार २ देखि १० केजी चरेस सहीत फेला परेको व्यक्तिलाई १ वर्ष देखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।
गाउँमा हाल चरेसको व्यापार बढी हुने गरेको छ । बर्षादमा गरिएको भाँग्रो खेतीबाट स्थानीयले नुनतेलका लागि चरेस लगाएर विक्री गर्ने गर्दछ । ऐनमा खानेलाई समेत कारवाही हुने व्यवस्था छ । भने २५ बोट गाउँ वा चरेस लगाउने व्यक्तिलाई समेत तीन महिना कैद ३ हजार जरिवाना तोकिएको छ ।
प्रहरीले पक्राउ परेका दुबै जना विगत देखिनै चरेस व्यापारमा लागेको हुन सक्ने आशंका गरेको छ । लामो समयदेखि बाजुरामै बस्नु र गाउँ गाउँमा सञ्जाल बनाउनुले यो पुरै योजना र बिगत देखिकै अभ्यासले मात्र संभव भएको प्रहरीको बुझाई छ । प्रहरीले यसै घटनाबाट अन्तर्राष्ट्रिय गिरोह समेत फेला पर्ने अनुमान गरेको छ ।
बरामत गरिएको चरेस प्रतिकेजी १४ हजार ५ सयका दरले खरिद गरेको बताइएको छ । उक्त चरेस करिब डेढ लाख बढी मूल्यको रहेको छ । अवैध कारोबार गरेकोले पैसा सँग जोड्न नमिल्ने प्रहरीले बतायो । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ पनि सहभागी थिए । प्रहरीले गाउँमा चरेस कारोबार बढेपछि गस्ती बढाउने बताएको छ ।













प्रतिक्रिया