
सुर्खेत, २८ कात्तिक । नेत्रविक्रम चन्द निकट वैद्य माओवादीले गरेको बन्दका कारण सुर्खेतत लगायत देशभरीको जनजीवन कष्टकर बनेको छ ।
चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने माग राख्दै गरेको बन्दका कारण वीरेन्द्रनगर लगायतका जिल्ला भरीको जनजीवन कष्टकर बनेकोको हो । बन्दका कारण मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा शैक्षिक संस्था, मुख्य बजार खुलन सकेका थिएन । बन्दको प्रत्यक्ष असर भने विद्यार्थी र उद्योग व्यवसायीहरुलाई परेको छ ।
बन्दले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका करिव ५० हजार भन्दा बढी विद्यार्थीहरु विद्यालय जान बाट बञ्चित भएका छन् । अधिकांश विद्यालयलाई शान्ति क्षेत्र घोषण गरिएपनि बन्दको बहानामा बन्द गरिएको छ ।
यस्तै मध्यपश्चिममा बन्दका कारण व्यापारमा भने यसको सबै भन्दा ठुलो असर परेको क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीले बताए ।
आइतबार मात्रै नेकपा माओवादी नेतृत्वको नेत्र विप्लब चन्दले गरेको नेपाल बन्दबाट मध्यपश्चिममा १० अर्बको व्यापार घाटा भएको क्षेत्रीय उद्योग वाणिज्य संघ बताउँछ ।
आफू स्वार्थ राजनीतिक दलले विपन्न, सिमान्तकृत समुदायका हितमा आन्दोलन र बन्द गरेका छौं भन्नु मुर्खता भएको टिप्पणि क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष शाहीको भनाई छ ।
विकासले पछि परेको मध्यपश्चिम बेला–बेलामा गरिने बन्द, हडताल जस्ता कार्यक्रमले थिल–थिल भएको शाहीले बताए । यसो त राजनीतिक दलका अगुवाहरु मध्यपश्चिममा आर्थिक समृद्धिका भाषण जति ठोकेपनि व्यवहारत् बन्द निषेश क्षेत्र घोषणा गर्न सकेका छैनन् । नेपालका अन्य क्षेत्रको तुलनामा औद्योगिक विकासमा पछि परेको क्षेत्र मध्यपश्चिम नै भएको तर्क संघका अध्यक्ष शाहीको छ । दश वर्षे युद्वपछि उकालो लाग्दै गरेको मध्यपश्चिमको व्यवसाय पछिल्ला समय हुने बन्द हडतालले धरसायी बनेको व्यवसायी बताउँछन् । ‘खुला प्रतिस्पर्धा र चर्को ऋणमा व्यवसाय गर्नु परेको छ ।’ नाम उल्लेख नगर्ने शर्तमा ति व्यापारी भन्छन्,–‘पुरै ठप्प हुनेगरी बन्द र हडतालले व्यवसायी नै पलायन हुनु पर्ने बाध्यता आउन थाल्यो ।’
वर्षमा मध्यपश्चिममा मात्रै करिव ४० प्रतिशत व्यापार घाटा बन्द हड्तालबाट हुने गरेको अध्यक्ष शाहीले बताए । देशमा शान्ति स्थापना भएको एकदशक पुग्दा पनि व्यापारीहरुले ढुक्कले व्यवसाय सञ्चालन गर्ने वातावरण कायम नभएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । ‘हामी लगानी भित्राउनेमा जोड दिन्छौं । तर यस्ता खाले बन्दले व्यवसायीको मनोबल गिर्दै जान्छ ।’ अधिकारीले भने,–‘कम्तिमा समग्र मध्यपश्चिमको औद्योगिक विकासका लागि व्यवसायीको सुरक्षामा राज्यले ध्यान दिनुपर्छ ।’
राजनीतिक स्वार्थका नाममा गरिने बन्दको मारमा प्रत्यक्ष व्यवसायी र सिमान्तकृत वर्ग पर्दै आएका छन् । बन्द विना माग पूरा नहुने संस्कारले करोडौं लगानी गरेका व्यवसायीहरुले घाटा बहन गर्न बाँध्य छन् भने दैनिक ज्याला मजदुरी गरेर गुजरा टार्ने नागरिक पनि थप मर्कामा परिरहेका छन् । बन्द मात्रै राजनीतिक निकास हो भन्ने भ्रम बोकेका दलहरुले गरिव तथा सीमान्तकृत समुदायको लागि आन्दोलन गरिरहेका छौं भन्दै उनीहरूकै पेटमा लात बर्साइरहेका छन् ।
साथै बन्दले गर्दा सुर्खेतबाट आवत जवात निकै कठिनाई भएको छ । मध्यपश्चिम विकास क्षेत्रमा गत आर्थि आर्थिक वर्ष २०७२÷०७३ को तथ्याङ्कलाई नियाल्ने हो भने मात्रै ३६५ दिनमा १३८ दिन बन्द हडताल जस्ता क्रियाकलाप भएका छन् । यो अवधिमा व्यवसायीले झण्डै १४ खर्बको व्यापार घाटा भएको छ । मध्यपश्चिममा सरदर दैनिक १० अर्बको आर्थिक कारोबार हुन्छ ।
बन्द गराउँदै हिड्ने ६ जना पक्राउ
यसैबची जवरजस्ती बन्द गराउँदै हिड्ने ६ जना नेकपा (माओवादी) का कार्यकर्तालाई पक्राउ गरिएको छ । आईतबार विहान बन्द गराउँदै हिड्ने उनीहरुलाई वीरेन्द्रनगरको यारीचौकबाट सुर्खेत प्रहरीले पक्राउ गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले जानकारी दिए ।
पक्राउ पर्नेमा महिला केन्द्रिय सदस्य गोमा ओली, जित, कार्म, पार्बती,खगेन्द्र र कमल नेपालीलाई तानाशाही शैलीमा प्रहरीले पक्राउ गरेको नेकपा माओवादी सुर्खेतका सेक्रेटरी गणेश बोगटी ‘धुव्र’ले जानकारी दिए । उनले बन्द सफल गराउन हिडेका कार्यकर्तालाई तत्काल रिहाई गर्न माग समेत गरेका छन् ।
उनका अनुसार विहान ११ बजेसम्म मध्यपश्चिममा कुनै पनि अप्रिय घटना भएको छैन् । मध्यपश्चिमका सवै जिल्लामा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको पनि डिआईजी नेपालले जानकारी दिए ।
रात्रीकालिन बसहरुलाई प्रहरीको सहयोगमा गन्तव्य पु¥याइएको छ । महेन्द्र राजमार्गको दाङदेखि बर्दियाको कर्णाली पुलसम्म प्रहरीले गस्ती गरिरहेका छौं ।’ डिआईजी नेपालले भने ।
यता सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिममा अहिलेसम्म कुनै पनि अप्रिय घटना भएका छैनन् । तर बन्दले जनजीवन प्रभावित भएको जानकारी दिएको छ ।
मदन विकेबाट ।












प्रतिक्रिया