३ कार्तिक २०८३, मंगलबार

नुनको अभाव छैन्ः साल्ट ट्रेडिङ कर्पोरेसन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salt-Treading-Corporetation

धनगढी, २८ कात्तिक । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ ।

कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताउनुभयो ।

यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ । रासस