
काठमाडौ, २८ कात्तिक । राष्ट्रको शान्ति र समृद्धको कामनासहित ललितपुर बुद्ध जयन्तिलाई प्राप्त भएको ककनी डाँडामा बौद्ध परम्परा अनुसार निर्माणाधिन चैत्य (स्थुपा)मा गर्भन्यास कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर बुद्ध जयन्ति कोषका अध्यक्ष धर्म बहादुर शाक्यको बिशेष पहलमा कोषबाट निर्माणाधिन उक्त चैत्य ३८ फित रहेको छ । करिब ८० लाख रुपैयााको लागतमा निर्माण सम्पन्न हुने उक्त चैत्यमा गर्भन्यासको क्रममा रत्न न्यास, बौद्ध ग्रन्थ, अष्टधातु, लुचिचैत्य, बौद्ध मुर्ति एवं द्रब्यहरु राखिने गरिन्छ ।

त्रियान अर्थात महायान, थेरवाद र बज्रयानका गुरुहरुबाट विधिवत पुजा अर्चना सहित सम्पन्न भएको सो कार्यक्रममा करिब ९ सय श्रद्धालुभक्तहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा पुर्वप्रधानमन्त्री झलनाथ खनालबाट पनि चैत्यको पुजा अर्चना सहित गर्भन्यास कार्यक्रमा आफ्नो सहभागीता जनाउनु भएको थियो ।

करिब ४० रोपनी जग्गा स्थानीय र वनविभागबाट बुद्धजयन्ति कोषलाई प्राप्त भएको थियो । उक्त जग्गामा देशमा शान्ति र समृद्ध होस भन्ने कामना सहित चैत्यको निर्माण गरिएको कोषका अध्यक्ष एवं चैत्य निर्माणका संयोजक धर्म बहादुर शाक्यले बताउनु भयो । उहाँले ककनी जस्तो मनोरम एवं पर्यटकीय क्षेत्रमा कुनै पनि धार्मिक क्षेत्र नभएकोले चेत्यको निर्माण गरिएको र यसले त्य क्षेत्रमा आउनेलाई शान्तिको अनुभुति सहित बुद्धशिक्षाको प्रचार हुनेमा आफु र कोष विश्वस्त रहेको बताउनु भयो ।
उहाँका अनुसार चैत्यको पुर्ण निर्माण आगामी २ वा ३ महिना भित्रमा सम्पन्न हुने जानकारी दिनु भयो ।












प्रतिक्रिया