१९ कार्तिक २०८३, बिहिबार

विप्लवको बन्दमा मधेसीको प्रदर्शन !

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardarshan

सिरहा, २८ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले विभिन्न माग राखेर आज बन्दको आह्वान गरेको छ । बन्दको समयमा लहानस्थित मुख्य सडकमा मधेसवादी दलका नेताहरुले प्रदर्शन गरे । तर, बन्दको समर्थमा भने होइन् । एमाले बरिष्ठ नेता माधव नेपाल आएको खबर पाएपछि मधेसवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डासहित जुलुस प्रदर्शन गरेका हुन् ।

नेता नेपाल गएराति नै लहान आएर होटल गोधुलीमा बसे । आज विहान ९ बजे पत्रकार सम्मेलन गर्ने खबर पाएपछि मधेसवादी दलका नेताहरुले कालो झण्डा समेत विरोधमा उत्रियो । विरोधका बेला होटल आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो ।

नेता नेपाल सुरक्षाकर्मीको स्कटिङमा लहानदेखि पश्चिम गएका छन् । सिरहाको विभिन्न स्थानमा आज नेता नेपालले कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ ।

नेता नेपाललाई कालो झण्डा देखाउदै मधेसवादी दलका नेताहरुले ‘मधेसीको माग पूरा गर, नेकपा एमाले मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।