काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मुख्य तीन दलको सहमति खोज्ने प्रयास जारी राखेका छन् ।
प्रतिपक्षी एमालेसँग नै सहमतिको प्रयास सफल भएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता बसेर शनिबार समीक्षासहित सहमति प्रयास गर्ने भने पनि बैठक बस्न सकेन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रचण्डले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग भने छलफल गरेका छन् । संशोधनका अप्ठ्याराहरू फुकाउन एमालेलाई कसरी मनाउने भन्नेमा केन्द्रित रहेर दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
छलफलमा एमाले संशोधनमा झन् टाढा हुँदै गएको आशंका उनीहरूको छ । एमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्री र देउवाले अलग–अलग प्रयास पनि जारी राख्ने र सामूहिक छलफल पनि गर्ने योजनाका साथ केही दिनयता भेटघाट भइरहेका छन् ।
संशोधन गर्न संसदमा दुईतिहाइ मत आवश्यक पर्छ । एमालेको साथविना सत्तारूढ दललाई संशोधन प्रस्तावमा दुईतिहाइ मत पुर्याउन कठिन हुन्छ । सोही कारण संशोधन प्रस्तावको मस्यौदा तयार पारिसके पनि सरकारले संसद्मा विधेयक दर्ता गराएको छैन ।















प्रतिक्रिया