१९ कार्तिक २०८३, बिहिबार

‘सबै ठाउँमा एमालेलाई जिताउनुपर्छ, सबै कार्यकर्ताले गाउँ अभियान सुरु गर्नुस्’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-Basnet-Uml

भक्तपुर, २७ कात्तिक । आउँदो स्थानीय निर्वाचनलाई पूर्णरुपमा सफल पारी भक्तपुरका नगरपालिकामा जित्ने गरी गाउँ अभियान सुरु गर्न एमालेका नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा (एमाले) २ नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले नेताहरुले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सानुकुमार श्रेष्ठले वर्तमान सरकारले आगामी पाँच महिनाभित्र कुनै हालतमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – “स्थानीय निकायको निर्वाचन गर्ने समय अब धेरै छैन, सबै ठाउँमा एमालेलाई जिताउनुपर्छ यसका लागि सबै कार्यकर्ताले गाउँ अभियान सुरु गर्नुस् ।”

सरकारले कुनै हालतमा चुनावलाई टार्न नसक्ने चर्चा गर्दै उहाँले स्थानीय निकायको निर्वाचन ढिलो भए प्रदेश र संसदीय निर्वाचनलाई असर पर्ने भएकाले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् एमालेका युवा नेता महेश बस्नेतले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनलाई कुनै बहानामा पर सार्न खोजे जनता चुप नबस्ने बताउँदै उहाँले निर्वाचन छिटो गर्न जनदबाब सिर्जना गर्ने बताउनुभयो ।

त्यस अवसरमा एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजा, मध्यपुर नगर संयोजक मदनसुन्दर श्रेष्ठलगायतले गाउँ गाउँमा चुनावी अभियान लैजाने बताउनुभयो ।

एमाले २ नं निर्वाचन क्षेत्रीय अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा सम्पन्न अधिवेशनले भोलि नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको छ । रासस