१९ कार्तिक २०८३, बिहिबार

राजधानीमा नक्कली प्रहरी असई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौं, २७ कात्तिक । राजधानीमा नक्कली प्रहरी पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गरी मानिसलाई धाकधम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई नगद ११ हजार ३५ रुपैयाँसहित पेप्सीकोलाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।