१९ कार्तिक २०८३, बिहिबार

‘विप्लव’माओवादीद्वारा वीर अस्पतालमा सफरसफाइ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoकाठमाडौं, २७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को सहायक संगठन राष्ट्रिय युवा जनस्वयं सेवकले काठमाडौंस्थित वीर अस्पतालमा सफरसफाइ गरेर आफ्नो राष्ट्रिय युवा अभियान सुरुवात गरेको छ ।

शनिबार मध्यान्ह १२ बजे वीर अस्पताल परिषरमा सरसफाइको कार्यक्रम गरेर राष्ट्रिय युवा अभियानको कार्यक्रम सुरु गरिएको जनस्वयं सेवकका अध्यक्ष सुदीप मल्लले जानकारी दिनुभयो । अभियानको उद्घाटन् ‘विप्लव’ माओवादीका प्रवक्ता खड्क विश्वकर्माले गर्नुभएको थियो ।

mao-biplav‘राष्ट्रिय युवा अभियान अन्तर्गत वीर अस्पताल परिषरमा सरसफाइ गरेर रचनात्मक कार्यक्रम थालेका छौँ’, अध्यक्ष मल्लले भन्नुभयो, ‘अभियान देशभरि सञ्चालन हुनेछ । हेल्प डेस्कहरू पनि स्थापना गरिनेछ ।’

आइतबार मूल्य वृद्धि र कालोबजारीका विरुद्ध नेपाल बन्द आह्वान गरेको नेकपा (माओवादी)ले राष्ट्रिय युवा अभियानमार्फत महँगीको भण्डाफोर गर्ने चेतावनी दिएको छ ।