१९ कार्तिक २०८३, बिहिबार

भागबन्डाले शैक्षिक गुणस्तर खस्किदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– शेर बहादुर थापा

सुर्खेत, २७ कात्तिक । सरकारले बजेट विनियोजन गर्दा सबैभन्दा बढी शिक्षामा गर्ने गरेको छ । बजेट प्रतिशतमा बढेपनि शैक्षिक गुणस्तरमा भने अझै पनि सुधार आउन सकेको छैन । सुर्खेतका अधिकांस विद्यालयहरुमा राजनीतिक भाग बन्डाका कारण हुने नियुक्तिले गर्दा शैक्षिक स्तर खस्केको बताइन्छ ।

शुक्रबार जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३–०७४ को वार्षिक कार्यक्रम प्रबोधिकरण गोष्ठीमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जिल्लामा सबै भन्दा बढी भागबन्डामा विद्यालयका विभिन्न तहमा कर्मचारी नियुक्त गर्ने परम्परा सबै भन्दा ठूलो समस्याका रुपमा देखिएको बताए ।

‘क्षमता भएको व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र शिक्षक नियुक्त गर्दा फेल गराउने र क्षमता नभएको आफ्नो पार्टीको कार्यकर्तालाई नियुक्त गर्ने चलन छ’, उनले भने ।

वर्तमान समयमा शिक्षकहरु विद्यालयमा कम उपस्थिति र काजमा बढी बस्ने प्रचलनका कारणले समेत गुणस्तरमा सुधार आउन नसकेको उनको भनाई छ । जिल्ला शिक्षा अधिकारी शाहले भने, ‘सुर्खेत जिल्लालाई यस आर्थिक वर्षमा काजविहिन बनाँउछु ।’