१ कार्तिक २०८३, शनिबार

अमेरिकामा दुर्घटनामा मृत्यु भएका चार नेपालीको दाहसंस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

atlanta-1– विजय थापा

वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिखमा कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दू परम्परा अनुसार दाहसंस्कार सम्पन्न भएको छ ।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका थिए ।

दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिल मणि दाहालले जर्जिया बाट बताए ।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवाजनले बताएका छन् ।