१ कार्तिक २०८३, शनिबार

पाण्डेद्वारा मोक्तानकि पत्नीलाई पचास हजार प्रदान

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-pandey-1– विजय थापा

अमेरिका । अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कात्तिक २६ गते बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहिद बलमान मोक्तान कि जीवित पत्नीलाई ५० हजार आर्थिक सहयोग गरेका छन् ।

२००७ साल को क्रान्ति पछि नै बहुदलीय पुनर्स्थापनको मरी मेट्ने नेपाली कांग्रेसका सशक्त योद्धा शहिद बलमान मोक्तानकि धर्म पत्नी १ सय १ बर्षिय बृद्धा लक्ष्मीमाया मोक्तानलाई उनका छोरा कंसलाल मोक्तान समक्ष पाण्डेले नगद रकम दिएका छन् ।

२०१७ सालमा स्व राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठे पछि बलमान मोक्तान गिरफ्तार भए । र २०१८ सालमा मोक्तानको गैर न्यायिक हत्या भयो । नेपाल बिशेष कामले गएको बेलामा कान्तिपुरबाट संचालित सुमनसंग भन्ने कार्यक्रम हेरे पछि मन थाम्न नसकी शहिदको सपनाको आसुको केही थोपा पुछ्न पाउनु मेरो ठुलो भाग्य हो भन्दै खोजि गरि उक्त रकम बुझाएको बताए ।

पाण्डेले अगाडि भने शहिद कि १ सय १ वर्षीया पत्नी लक्ष्मीमाया मोक्तान अहिले मागेर खानु पारेको देख्दा नेपाली कांग्रेसले अन्याय गरेको बताए ।

उनका छोरा कंसलालले अहिले सम्म शहिदको पैसा नपाएको जानकारी दिदै पशुपतिमा फुल बेचेर गुजारा चलाई रहेको बताए ।

पंचायती व्यवस्थामा बलबान मोक्तान मारिए पछि ४ जना बाल बच्चा सहित त्यी बृद्धा महिलाले ठुलो हण्डर खाएकी कान्तिपुर को सुमन संगको कार्यक्रममा बताएकी थिइन् । त्यो देखेर आफु अझ मन कुडियो र भेट्ने पर्छ भनेर आफ़ुले सक्ने सहयोग गरेको बताए ।

२०१८ सालमा उनको हत्या भएपछि उनका सम्पति लुटिए । र उनका छोराले ज्यादै मर्म स्पर्शी कुरा भन्दै बुवा राजनीतिमा नलागी दिएको भए आफु पढ्ने थिए होला पनि भने । हुँदाछदाको सम्पति जफतको साथै अहिले मागेर खाने र पशुपतिमा माला बेचेर जीविका चलाउने बताउदा अझ हृदय रोएको भन्दै छोरा कंसलालसंग कुराकानी गरेको बताए ।

कांग्रेसका सभापति शेर बहादुर देउवा तथा स्व शन्त पूर्व प्रधान मन्त्रि कृष्ण प्रसाद भट्टराईले समेत आर्थिक सहयोग गरेको बताएका थिए । देशको लागि शहिद सहिद आफ्नो बुवा आफु मरे भने कात्रो किन्ने समेत पैसा नभएको कान्तिपुरको सुमनसंग भन्ने कार्यक्रममा बताएकोले थोरै रकम दिन सके भनि पाण्डेले बताए ।