३० आश्विन २०८३, शुक्रबार

ट्रम्पको यो सोख धेरैलाई थाहा नहुन सक्छ

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-donaldaलएसएञ्जलस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका केही व्यक्तिगत कुराहरूमा धेरैलाई थाहा नहुन सक्छ ।

राष्ट्रपति निर्वाचनमा हिराली क्लिन्टनलाई भारि मतले पराजित गरेपछि ट्रम्पबारे चासो र उत्सुकता बढ्नु स्वभाविक हो ।

ट्रम्प आफैमा धनी व्यक्ति हुन् । उनको आफ्नै विलासी जहाज छ । सोही विलासी जहाजमा सयर गर्छन् । बिहीबार न्युयोर्कबाट आफ्नै जहाज चढेर उनी राजधानी वासिंटन झरे र ह्वाइटहाउस पुगेका छन् ।

न्युयोर्कबाट वासिंटन प्रस्थान गर्ने क्रममा ट्रम्पको जहाजलाई पानीको फोहोराले बिदाइ गरिएको थियो ।

trumpसन् २०११ मा खरिद गरिएको बोइङ ७५७–२०० मा नयाँ प्रविधि र उच्चतम साजसज्जा गरिएका छन् ।

आठ करोड अमेरिकी डलर मूल्यको जहाज निर्वाचन प्रचारका क्रममा ट्रम्पको सानको प्रतीक पनि बनेको थियो ।

ट्रम्पको जहाजमा सुनजडित बाथरुम, पारिवारिक सिनेमा हललगायतका सुविधान छन् । जहाजमा ५७ इन्चको स्क्रिन भएको हल छ । ‘उत्कृष्ट हलिउडको स्क्रिनिङ कक्ष’को जस्तै साउन्डसिस्टम पनि जडान गरिएको छ ।

४३ जनालाई पुग्ने सिटसुविधा छ । प्रत्येक सिटका सिटबेल्टमा २४ क्यारेट सुनको जलप लगाइएको छ । – एजेन्सी