१२ कार्तिक २०८३, बिहिबार

नेपालमै फेला पर्‍यो अनौँठो गाउँ, प्रेम विवाह नै परम्परा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marrigeगोरखा, २७ कात्तिक । गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए ।

६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो ।

नयाँ पुस्ताका यी जोडीको मात्र मायाप्रीति झाँगिएर विहे भएको होइन् । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो ।

गोरखाका उत्तरी भेग काशीगाउँ, केजोरा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।

‘यहाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो–‘पहिले माया प्रेम अनि विवाह ।’

कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विहे हुन्छ, कसैको ५–६ वर्ष पछि । अधिकांश विवाह परिवारले स्वीकार नगर्दा नगर्दै पनि विहे गर्छन् । पछि समायोजन हुँदै जान्छ ।