
काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विहान चन्द्रागिरि हिल्स लिमिटेडको अवलोकन भ्रमण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले यस कम्पनीको केबलकारबाट चन्द्रागिरि डाँडामास्थित भालेश्वर महादेव मन्दिरमा यात्रा गरि पूजाआजा गर्नुभयो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको यस चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्नुभयो ।

राष्ट्रपतिले अवलोकन भ्रमण पश्चात चन्द्रगिरि हिल्स कम्पनीको आगन्तुक पुस्तिकामार्फत कम्पनी परिवारलाई हौसला प्रदान गर्नुभएकोमा कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।
राष्ट्रपति भण्डारी चन्द्रागिरिको अवलोकन भ्रमण सकेर दिउँसो १ बजे फर्किनुभएको थियो ।



















प्रतिक्रिया