१९ कार्तिक २०८३, बिहिबार

रगतको खोलो बगाउन तयार छौं, तर गाउँपालिकामा जाँदैनौंः बर्दियाबासी

27.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-andolan-4

– सुदीप अधिकारी

बर्दिया, २६ कात्तिक । विद्यमान बबई नगरपालिकालाई गाउँपालिकामा झार्ने चर्चाले बर्दिया भुरिगाउँ नगरबासीमा आक्रोश बढेको छ ।

भुरिगाउँ नगरबासी नगरपालिका नै कायम हुने पर्ने माग राख्दै बिहीबारदेखि आन्दोलनमा उत्रेका छन् । विभिन्न आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै भुरिगाउँबासी आन्दोलनमा उत्रेको हुन् ।

bardiya-andolan-1बिहिबार एक घण्टा पूर्वपश्चिम राजमार्ग ठप्प पारेका भुरिगाउँबासीले शुक्रबार तीन घण्टा राजमार्ग अवरुद्ध गरे । यसैगरी शुक्रबार दिनभर भुरिगाउँ बजारसमेत बन्द गरेका थिए ।नगरपालिकाबासी आन्दोलनमा उत्रेपछि विहीबार दिनभर भुरिगाउँ बजार तनाव ग्रस्त रह्यो । आन्लदोलनकरीले विद्यमान बबई नगरपालिका कायम गर भन्दै नाराबाजी गरेर बजार परिक्रमा गरेका थिए । राजमार्ग अवरुद्ध गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबिच केही बेर तनाव भएको थियो ।

सडक अवरुद्ध गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई लछारपछार गरेको उद्योग वाणिज्य संघ भुरिगाउँका महासचिव महेन्द्र पंगेनीले बताए । शान्तिपूर्ण विरोधमा उत्रेकाहरु माथी प्रहरीले अनावश्यक बल प्रयोग गरेको महासचिव पंगेनीले दाबी गरेका छन् । आन्दोलनका क्रममा प्रहरीले स्थानिय लक्ष्मण गौली, थुमप्रकाश काफले र दिप्त खनाललाई लछारपछार गरेको थियो । यसै गरी प्रहरीले काफ्लेलाई करिव एक घण्टा नियन्त्रणमा लिएको थियो । आन्दोलनकारीको दवाव पछि काप्mलेलाई प्रहरीले छाडेको थियो ।

bardiya-andolan-5

शान्तिपूर्ण विरोधमा उत्रेका महिलामाथि पनि प्रहरीले ज्यादति गरेका भन्दै स्थानिय महिलाहरुले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

विरोधपछि कोणसभालाई युवा नेता बेदप्रसाद भण्डारी, जिवन शाही, तिलक लम्साल, महेन्द्र पंगेनी र उद्योग बाणिज्य संघ भुरिगाउँका अध्यक्ष युवराज शर्मा अधिकारीले बबई नगरपलिकालाई कायम राख्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

आपुूहरुमा माग पुरा नभएर आन्दोलन थप चर्काउने भुरिगाउँबासीको भनाई छ । पुनर्संरचना सम्वन्धि विवाद राजनितिक दलले टंगाउन नसकेपछि स्थानिय निकाय पुर्नसंरचना प्रविधिक समितिले कात्तिक २२ गते बर्दियामा ४ नगरपालिका र एक गाउँपालका टुंगो लगाएर प्रतिवेदन पठाएको थियो । भने भुरिगाउँ ठाकुरद्धारा क्षेत्र, सानोश्री ताराताल क्षेत्र र मैनापोखर क्षेत्र विवादित रहको भन्दै बैकल्पिक नगरपालिका वा गाउँपालिका रहने गरि निर्णय गर्न केन्द्रलाई सिफारिस पठाएको थियो ।

bardiya-andolan  bardiya-andolan-2 bardiya-andolan-3