
काठमाडौं, २६ कात्तिक । भारतमा स्थल सेनाध्यक्ष दलबीर सिंह तीनदिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका छन् ।
सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

सिंहले आजै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । यसअघि सिंहले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गरेका थिए भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले उनको सम्मानमा सम्मान गारत अर्पण गरको थियो ।
भ्रमणको क्रममा सिंहले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र सैनिक श्रीमती सङ्घद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ ।

भम्रणको क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्नुको साथै नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया