१ कार्तिक २०८३, आइतबार

ट्रम्पले जित्दा किन खुसी भए आईएस र अलकायदा ? अमेरिकीलाई पठाए यस्तो सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donald-trump_1470138057

काठमाडौं, २६ कात्तिक । इस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस) र अलकायदाले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जितको स्वागत गरेको छ ।

आईएस र अलकायदाका प्रवक्ताले भनेका छन् कि ट्रम्पको जीत अमेरिकाका लागि कालो दिनको सुरुवात हो । केही चरमपन्थीले पहिला पनि भनिसकेका छन् कि अर्बपति व्यापारी ट्रम्पको हातबाट अमेरिकाको पतन निश्चित छ ।

वाशिंगटन पोस्टका अनुसार डोनाल्ड ट्रम्पको जीतको घोषणापछि मध्यपूर्वमा आतंकवादी संगठनहरुले खुसी मनाइरहेका छन् । र यो खुसी सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Is-Ladaku

आईएस र अलकायदासँग जोडिएका सामाजिक सञ्जाल र मिडिया साइटहरुमा ट्रम्पको जीतलाई अमेरिकाको अप्ठेरो दिनको सुरुवातका रुपमा व्याख्या गर्दै यसको स्वागत गरिएको छ । यिनीहरुमा भनिएको छ कि ट्रम्प राष्ट्रपति बन्दा अमेरिकामा घरेलू आशान्ति बढ्नेछ र विदेशी सैन्य अभियानलाई बढावा मिल्नेछ ।

०९/११ मा अमेरिकी जनताले ट्रम्प जिताएर गल्ती गरेः आतंकवादी संगठन

आईएससँग जोडिएको अल–मिनबार जिहादी मिडिया नेटवर्कले भनेको छ कि ट्रम्पको हातबाट अमेरिकाको पतनको खुसीको पर्खाई आतंकवादीहरुलाई छ । ट्रम्पले अमेरिकामा मस्लिम प्रवासीहरुलाई प्रवेशमा रोक्ने, यातना दिने र विश्वमा अमेरिकाको नैतिक मूल्यहरु बनाउने बताएका छन् । यो मुस्लिमहरुप्रतिको ट्रम्पको घृणा दर्शाउछ । आईएसले भनेको छ कि दुस्साहसिक कारवाहीबाट मुसलमानहरु अमेरिकाका दुश्मन बन्नेछन् ।

IsIS

आतंकवादी संगठनमाथि आस्था राख्ने एसआईटीई खुफिया समूहका निर्देशक रीता काट्जले ट्वीट गर्दै ट्रम्पले मुसलमानप्रति अमेरिकाको घृणा दर्शाएका छन् जसले अमेरिका र पश्चिमी राष्ट्रहरुको पतनमा भुमिका निभाउनेछ । अमेरिकामा वर्ष ०९/११ मा अलकायदाको हातबाट त्रास फैलिएको थियो । अब ०९/११ का दिन अमेरिकी जनताले ट्रम्पलाई जिताएर आफै त्रासको वातावरण निम्त्याएका छन् । आतंकवादीहरु मान्छन् कि ट्रम्पको आगमनसँगै आतंकवादी संगठनहरु फेरि एकजुट हुनसक्छन् ।