१२ कार्तिक २०८३, बिहिबार

तराईका जिल्लामा अंगीकृत नागरिकता लिने ह्वात्तै बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagariktaकाठमाडौं, २६ कात्तिक । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।

यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाह छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्तो नागरिकता लिनेको संख्या बढिरहेको छ ।

नयाँ संविधान जारी भएयता दैनिक सरदर १९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइरहेका छन् ।

०७२ असोजदेखि ०७३ वैशाखसम्म वैवाहिक अंगीकृत नागरिकता लिनेको अभिलेखअनुसार संविधान जारी भएको ८ महिनामा तराईका २० जिल्लाबाट ४ हजार ५ लसय ६३ ले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन् ।