१ कार्तिक २०८३, आइतबार

ट्रम्पको जित अब कस्तो हुनेछ अमेरिका-चीन सम्बन्ध ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-xi-jinping

न्युयोर्क, २५ कात्तिक । अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयपछि वासिङटन र चीनबीचको नीतिमा केही फरक परेतापनि दुई देशबीचको सम्बन्ध लामो समयसम्म सकारात्मक हुने अमेरिकी विज्ञले बुधबार बताएका छन् ।

अमेरिकामा गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिको आगमनपछि चीनप्रतिको अमेरिकी नीतिमा केही परिर्वतन हुने ‘नेसनल कमिटि अनयुएस चाइना रिलेसनस्’का अध्यक्ष स्टेफान ए ओर्लिन्सले बताउनुभएको छ ।

अमेरिका र चीनबीच लामो समयसम्म सकारात्मक सम्बन्ध हुनेमा आफू आशावादी भएको चीनमा अध्ययन गरिरहेका अमेरिकी विद्यार्थीका प्रतिनिधिलाई स्टेफानले बताउनुभएको छ ।

अमेरिका र चीन सम्वन्धको विषयमा कैयौँ महिना र अर्थात वर्षौसम्म पनि बहस भइरहने छ । चीनमा बसेर अध्ययन गरिरहेका अमेरिकी विद्यार्थीलाई यस बादबिवादमा भाग लिनसमेत अध्यक्ष स्टेफानले आग्रह गर्नुभएको छ ।

यसले चीन नगएका अमेरिकी नागरिकलाई पनि चीनका बारेमा नजिकबाट बुझ्न सहयोग पुग्ने स्टेफान बताउनुभएको छ । – सिन्ह्वा