१९ कार्तिक २०८३, बिहिबार

ओखरपौवा ल्याण्डफिल्ड साईडको स्तरोन्नति गर्न जापानसँग आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-2काठमाडौं, २५ कात्तिक । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसंग नेपालका लागि जापानी राजदूत मासासी ओगावा सहितको जापानी प्रतिनिधीमण्डलले भेटवार्ता गरेको छ ।

सहरी विकास मन्त्रालय सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा दुई पक्षीय सम्वन्ध, भूकम्पपछिको पुनर्निर्माण, वातावरण व्यवस्थापन लगायतका विषयहरूमा छलफल भएको मन्त्री केसीका सहयोगी शिव देवकोटाले जानकारी दिनुभयो ।

भेटमा सहरी विकासमन्त्री केसीले नेपालको विकास अभियान र भूकम्पपछिको पुनर्निर्माण, नयाँ सहर निर्माण लगायतका क्षेत्रमा जापान सरकारले पुगाउँदै आएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो । केसीले जापानसँग काठमाडौं उपत्यकाको वातावरण सुधारका लागि ओखरपौवा ल्याण्डफिल्ड साईडको स्तरोन्नति र सुधारमा विशेष सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

त्यसक्रममा जापानी राजदूत ओगावाले जापान–नेपालको ६० वर्ष देखिको मैत्री सम्वन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दे जापान सरकारको सहयोगमा भईरहेको काठमाडौं उपत्यकाको वातावरण सुधार अध्ययनको प्रतिवेदन सन् २०१७ को फेवु्रअरीमा सार्वजनिक गरिने बताउनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।